अछामका  डेढसय छाउगोठ भत्काईयो

अछामका  डेढसय छाउगोठ भत्काईयो
Spread the love

अछाम पुुस १७(ई-रैवार)
अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन।
जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा कमलबजार नगरपालिका– ३ बयालामा ९, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६, तुर्माखाद गाउँपालिका –५ नाडामा १५, ढकारी गाउँपालिका –सेरामा १५, तुर्माखाद गाउँपालिका– १ रहफमा २५, रामारोसन गाउँपालिका– ३ पसेला टोलमा २६ र साफेबगर नगरपालिका– ८ मा २२ गरी जम्मा १ सय ५२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
साथै उक्त टोलीले छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रमका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।