अपराध

मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

धनगढी माघ २९(ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बडहरा घरभर्इ मिलनचोकमा मर्मत पसल सञ्चालन गरिरहेका चन्द्रभान शर्मासंग पनि सिजापतीले नक्कली प्रहरी […]

वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

धनगढी माघ २१ (ई-रैवार) अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर खटाईने भएको छ । धनगढीबाट कुकूरसहितको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने बताए । वडाध्यक्ष धामीको शव मृतअवस्थामा मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको […]

ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

धनगढी पुस २१(ई-रैवार) ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई […]

अछामका  डेढसय छाउगोठ भत्काईयो

अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा कमलबजार नगरपालिका– ३ बयालामा ९, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६, […]

पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाण्डौ पुस ३(ई-रैवार) संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ। यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि […]

शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

रोल्पा मंसिर २९(ई-रैवार) शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए। शिक्षकहरुले दिउँसै मदिरा खाएर असजिलो व्यवहार गरेको भन्दै विद्यार्थीले भ्रमणबाट फर्केपछि गुनासो गरेका […]

छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर […]

प्रहरी हिरासतमा शंखास्पद मृत्यू

डोटी मंसिर ८(ई-रैवार) प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो । घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ । मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन् […]

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। […]

धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ

धनगढी भदौ १ (ई-रैवार): धनगढीमा लागुऔषध सहित दुई जना पक्राउ पक्राउ परेका छन्। अछाम मंगलसैन नगरपालिका वडा नम्वर ५ घर भई हाल धनगढी १ बस्ने बर्ष २२ का गणेश खत्री र धनगढी– बस्ने बर्ष २० का लोकेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १० जुगेडा स्थित सिमा नाका मोहना नदी तर्फ जाने […]