सुचना प्रविधी

‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

काठमाण्डौ साउन २९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । […]

यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको छ । सव–डिभिजन वन कार्यालय वीपीनगर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार अख्तियारले नगद […]

नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट टोली खटिएको प्रमुख शिव कार्कीले जानकारी दिए […]

राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। २०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर गणतन्त्र ल्याएपछि राप्रपामा कमल थापा समूहमात्र हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेण्डा उठाउँदै आएको […]

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो । ‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका […]

मंसिर १६ गते उपनिर्वाचन हुने

काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त रहेका स्थानहरुमा एकै दिन निर्वाचन गर्नेगरी दलका नेताहरुसँग छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए […]

शिखरको ‘समृद्ध सपना’

डोटी: लेकमा महाभारतको घनघोर जंगल । त्यही जंगलमा अनेकौ जीवनहरु । अनेकौ जडीबुटीहरुको भण्डार । बेशीमा असरल्ल बग्ने सेती नदी । आसपासमा सुरम्य फाँटहरु–उर्वर भूमि । शीरदेखी पैतलासम्म असीम श्रद्धाका नक्षत्र–धार्मिक महत्वका क्षेत्रहरु । यी सबैले शिखर नगरपालिकालाई एउटा बिशिष्ठ सपना दिएका छन् । जसको समुचित प्रयोगबाट शिखर समृद्धीको शिखर चढ्नसक्ने अद्भुत साहस दिन्छन् । […]

निर्यातभन्दा १४ गुणा बढी आयात

काठमाडौं  साउन १४(ई–रैवार): आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले आयात वृद्धि भएको छ। आव २०७४/०७५ मा १२ खर्ब ४५ अर्बको आयात भएको थियो। आयात […]

मोहना र पथरैया देखिन थाल्यो डल्फिन

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ। […]