काठमाडौं : नेपालमा आज थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनागरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको छ । कास्कीमा ३९३, मोरङमा २८१, कैलालीमा १८४, सुनसरीमा १५८, रुपन्देहीमा १४३, चितवनमा १२७, धनुषामा ११५, झापा र बाँकेमा १०६/१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रेपलाञ्चोकमा ६७, सप्तरी र क्चनपुरमा ६१/६१ जना, सिरहामा ५८, नुवाकोट र मकवारमा ५४/५४ जना, दाङमा ४१, पाल्पामा ४०, स्याङ्जामा ३९, नवलपरासी पुर्वमा ३५, तनहुँमा २९, गोरखा र बर्दियामा २४/२४ जना तथा गुम्लीमा २१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ८९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना मुक्त भएको छन् । हाल सम्म नेपालमा ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।
देशमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४९ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार बिहीबार १५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ ।


