सेती प्रादेशिक अस्पतालबाट १ हजार ८ सय स्वाव परीक्षणका लागि डडेल्धुरा पठाइयो

सेती प्रादेशिक अस्पतालबाट १ हजार ८ सय स्वाव परीक्षणका लागि डडेल्धुरा पठाइयो
Spread the love

 

धनगढी, भदौ ६ (ई-रैवार)

सेती प्रादेशिक अस्पताल धनगढीमा क्षमता भन्दा बढि संकलन भएका स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीका अनुसार १ हजार ८ सय स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाईएको हो ।

अस्पतालको प्रयोगशालामा तराईका २ जिल्ला र पहाडका ७ जिल्लाको स्वाव परीक्षणका लागि पठाईएका कारण प्रयोगशालाकर्मीहरु रातदिन ल्यावमा खटिनु परेको डडेल्धुरा अस्पतालका प्रमुख ईश्वरी भुषालले बताएका छन् ।

प्रमुख भुषालले प्रयोगशालामा जनशक्तिको अभावका बाबजुद पनि स्वाव परीक्षण तिब्र रुपमा भईरहेको बताएका छन । हामीले एक दिनमा ५ सय भन्दा स्वाव परीक्षण गरिरहेका छौ, उनले भने, धनगढीबाट पठाईएका १ हजार स्वावको रिपोर्ट पनि भोलिसम्म दिईसक्नेछौ ।

डडेल्धुरामा स्थापना गरिएको प्रयोगशालामा हालसम्म १० हजार स्वाव परीक्षण गरिएको प्रमुख भुषालले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई लक्षित गरी ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा डडेल्धुरामा स्थापना भएको पीसीआर प्रयोगशालाले पहाडका ७ जिल्लाका साथै तराईका २ जिल्ला कैलाली र कञ्चनपुरका स्वाव समेत परीक्षण गरिरहेको छ ।