मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत, नयाँ प्रक्रिया शुरु हुने

मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत, नयाँ प्रक्रिया शुरु हुने
Spread the love

 

काठमाडौं, भदौ २१ (ई-रैवार)

मयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत गरेको छ । तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कम्पनीको आइतबार बसेको वैठकले शैलुङ र हानोकोसँगको ठेक्का रद्द गर्दै उनीहरुले ब्यांक धरौटी राखेको करिब साढे नौ करोड जफत गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गरी ठेक्का रद्द गरिएको र मल आयातका लागि नयाँ प्रक्रिया शुरु गरिने बताएका छन ।

गत वैशाखमा यी दुई कम्पनीले २० भदौसम्ममा २५–२५ हजार टन युरिया मल ल्याउन सम्झौता गरेका थिए। दुबै कम्पनीले पाँच प्रतिशत रकम धरौटी राखेका थिए । बाँकी कारबाहीका लागि कानुनी परामर्श गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

शैलुङ इन्टरप्राइजेज विवादित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो भने हानोको मल्टिपर्पोज अर्का निर्माण व्यवसायी हुमनाथ कोइरालाको हो।

ठेक्का पाएका यी दुई कम्पनीले रासायनिक मल आयात नगरेपछि देशभरि मलको अहिले हाहाकार छ ।