भजनीबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

Spread the love

धनगढी, जेठ २३  (ई-रैवार) 

भजनीबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कैलालीको इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भजनी नगरपालिका ३ जोशीपुर सडक खण्डको जोडिपिपल भन्ने स्थानबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अनटेस्ट कालो रङ्गको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटर साइकलमा सवार जिल्ला कैलालीको वर्दगोरीया गाउँपालिका वडा नम्बर १ कट्टिपुरका २५ बर्षिय धिरेन्द्र बम र सोही ठाउँका मुडा गाउँ बस्ने २४ बर्षिय डबल भुललाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको ३० ग्राम लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको हो । प्रहरीले लागु औषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।