सरकारविरुद्ध प्रदर्शन : डा. केसीले उठाएका माग र घिसिङलाई पुन: नियुक्तीको माग

सरकारविरुद्ध प्रदर्शन : डा. केसीले उठाएका माग र घिसिङलाई पुन: नियुक्तीको माग
Spread the love

धनगढी, आश्विन १ (ई-रैवार)

कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ती र डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने सरकारविरुद्ध धनगढीमा प्रदर्शन भैरहेको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त गर्न र डा. गोविन्द केसीको माग सम्बोधन गर्नुुपर्ने माग राख्दै धनगढीमा आजपनि प्रदर्शन भएको हो ।

बिहिबार स्वतत्र नागरिकको रुपमा युवाहरुले धनगढीको चौराहामा प्लेकार्डसहित प्रदर्शन गरेका हुन । कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्ने र डा. केसीले उठाएका माग तुरुन्त सम्बोधन हुनुपर्ने भन्दै दबाव स्वरुप प्रदर्शन गरेको स्थानिय सुरेन्द्र शाहले बताएका छन ।

घिसिङको ४ वर्षको कार्यकाल आइतबार पुरा भएको छ । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक रुपमै बिदाइ पनि गरेको छन ।

यस्तै चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लाको चन्दननाथ –६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा आफ्नो १९औँ सत्याग्रह सुरु गरेका छन् । शाहले उठाएका माग जायज रहेकोले तत्काल सरकारले सम्वोधन गर्नु पर्ने बताएका छन ।

डा. गोविन्द केसीका मागहरु

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् ।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

३. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।