सुदूरपश्चिममा आज प्रि बजेटमाथी छलफल हुने, महामारी नियन्त्रणलाई प्राथमिकता दिन्छौँ: मन्त्री खड्का

Spread the love

धनगढी, जेठ २३  (ई-रैवार)

सुदूरपश्चिम प्रदेश सभामा आजदेखि प्रि बजेटमाथी छलफल हुने भएको छ। जेठ २१ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं अधिवेसन आजदेखि आउँदो आर्थिक वर्षको बजेटबारे प्रि बजेट छलफल हुने भएको हो।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उदेश्य, प्राथमिकताहरु संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताएका छन् ।

सभामुख थापाले केही दिन प्रि बजेट छलफल चल्ने छ । संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था रहेको सभामुख थापाले बताए।

त्यस्तै २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ। तर पछिल्लो राजनीतिक किचलो र महामारीका कारण नीति तथा कार्यक्रम ल्याउनमा भने ढिलाइ गरिएको प्रदेश सरकारका अधिकारीहरुले बताएका छन् ।

महामारी नियन्त्रणलाई प्राथमिकता दिन्छौँ: मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रण र रोकथामलाई प्राथमिकता दिइने बताएका छन्।

महाकाली प्रादेशिक अस्पतालमा शनिबार आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले कोरोना महामारी सबैभन्दा बढी जटिल र चुनौतीपूर्ण भएकाले आगामी वर्षको बजेट कोरोना नियन्त्रणलाई मध्यनजर गरी आउने जानकारी दिए।

“सबैभन्दा ठूलो समस्या कोरोना महामारीको छ। त्यसबारे सबैलाई जानकारी नै छ”, मन्त्री खड्काले भने, प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउँछ। स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर रुपमा बजेट आउँछ।”