विश्वभर ३ करोड १४ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ९ लाख ६७ हजार १ सय ६४ जनाको मृत्यु

विश्वभर ३ करोड १४ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ९ लाख ६७ हजार १ सय ६४ जनाको मृत्यु
Spread the love

काठमाडौं, असोज ८ (ई–रैवार)

विश्वभर ३ करोड १४ लाख बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार १ सय ६५ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ५ सय २० कोरोना संक्रमितको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ३ हजार ५ सय ३ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार २ सय १६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ६७ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।