भारतीय दूतावासले भन्यो- सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम

Spread the love

काठमाडौं : सीमा विवाद सुल्झाउन वार्ता र संवाद नै उपयुक्त माध्यम रहेको भारतिय दूतावासले प्रस्टीकरण दिएको छ । भारतिय दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेका उल्लेख छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् ।

सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाए पछि नेपाल भारतको सीमा समस्याबारे भारतीय दूतावासले प्रस्टीकरण दिएको हो ।

दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख छ । दूतावासले सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा स्पष्ट पारेको छ ।

दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न गर्न सकिन्छ, विज्ञप्तिमा भनिएको छ ।