भारतमा ५६ लाख ४६ हजार १० जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ९० हजार २० पुग्यो

भारतमा ५६ लाख ४६ हजार १० जनामा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ९० हजार २० पुग्यो
Spread the love

काठमाडौं, असोज ८ (ई–रैवार)

भारतमा ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार २० पुगेको छ ।

पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । भारतमा हालसम्म ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८५ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।