नेपालमा थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, २ हजार १८ जना डिस्चार्ज

नेपालमा थप ३ हजार ९३ जनामा कोरोना पुष्टि, २ हजार १८ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक ४ (ई-रैवार) 

नेपालमा आज थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ८ सय ६१ नमुना परीक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख  ३९ हजार १ सय २९ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९६ हजार ६ सय ९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ जनाको ७ सय ७९ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ५ सय ५९ जना र होम आइसोलेसनमा २८ हजार १ सय ८६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २ सय २० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आइतबार देशभर २ हजार ९ सय ४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार ३ सय २६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर ३ हजार ७ सय ९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।