नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य मनोनित

नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य मनोनित
Spread the love

काठमाडौं, आश्विन १ (ई-रैवार)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सिफारिस गरेको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । ‘ उपाध्यक्ष गौतमको मनोनयन भइसकेको छ । अब संघीय संसदलाई जानकारी गराउँछौं’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले  जाकारी दिएका छन ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका हुन् । गौतम पटक-पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका छन ।