धनगढी असार २४(ई-रैवार)
सुदूरपश्चिममा बुधबर थप ६९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका ८, कञ्चनपुरका ७, बझाङका चार, बैतडी २ र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै दुई जनामा कोरोना पुष्टि भएको छ भने धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका अनुसार ८ पुरुष र एक महिला गरी थप नौँ जनामा कोरोना पुष्टि भएको हो। डोटीको आदर्श गाउँपालिकाका दुई, दीपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एकरएक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुनरवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप


