काठमाडाैं, असोज २१ (ई-रैवार)
नेपालमा आज थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार २ सय ९६, ललितपुर २ सय ९३ र भक्तपुरका ९५ जना छन् ।
यस्तै मोरङका ३ सय २२ जना, सुनसरीका १ सय ९३, चितवनका १ सय ३१, रुपन्देहीका १ सय ३०, बाँकेका १ सय ६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४/३४ जना, सप्तरी र कपिलवस्तुका ३३/३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२/२२ र लमजुङ र पाल्पाका १९/१९ जनामा संक्रमण पुष्टि भएको छ ।
धनुषा र नवलपरासीका १८/१८ जना, सर्लाही र नवलपुरका १७/१७ जना, पर्सा र सिराहाका १५/१५ जना, बारा, गोरखा र तनहुँका १३/१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९/९ जना, रामेछापका ८, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका ५/५ जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका ४/४ जनामा पनि संक्रमण देखिएको छ ।
यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्युठान, रुकुम पश्चिम र डोटीका ३/३ जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका २/२ जना तथा इलाम, रुकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । उनीहरुमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्र ११ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख हजार १३ जनाको ४ सय ८७ पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ५ सय ९६ जना र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १ सय ५९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार देशभर २ हजार ४ सय ४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
मंगलबार देशभर १ हजार ५ सय ५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३ सय ४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।


