धनगढी असार १८(ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा बिहिबार तीन सय ४६ जना कोरोना संत्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी तीन सय ४६ कोरोना संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एकसय ६५ जना, डोटीका ५८ जना, बझाङका ३५ जना, अछामका ३१ जना, र कञ्चनपुरका ३१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै धनगढीमा गरिएको परीक्षणमा कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एकजना र अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै सुदूरपश्चिममा अलिहेसम्म तीन हजार बढिमा कोरोना पुष्टि भईसकेको छ । सात जनाको मृत्यु भएको छ।


