धनगढी, असार १९ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुश गरिएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति भूकम्पको धक्का बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको गएको हो।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले भूकम्पको केन्द्रविन्दु बझाङ र बाजुराको सीमा सैपाल नजीक रहेको जानकारी दिए । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्राविधिक सहायक राजेश शर्माले बताएका छन् ।


