डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

डोटी प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

 

डोटी, १२ भदौ  (ई-रैवार)

डोटी अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठका अनुसार २ सय २८ जनामा गरीएको कोरोना परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज श्रेष्ठले शायल गाउँपालिका मा ६ पुरुष र ३ महिला गरी ९ जना मा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन ।

डडेल्धुरा प्रयोगशालामा आज गरिएको परीक्षणमा  सबैको रिर्पोट  नेगेटिभ आएको छ।

पछिल्लो २४ घण्टामा एक सय एक जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन ।