कोरोनाभाईरस संक्रमणः अमेरिकाले चीनलाई उछिन्यो

कोरोनाभाईरस संक्रमणः अमेरिकाले चीनलाई उछिन्यो
Spread the love

धनगढी चैत्र १४(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमित बिरामीको संख्यामा अमेरिकाले चीनलाई उछिनेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकअनुसार शुक्रबार बिहानसम्ममा संयूक्त राज्य अमेरिकामा ८५ हजार पाँच सय ९४ जनामा संक्रमण भेटिएको छ । यस्तै चीनमा ८१ हजार तीनसय ४० जनामा संक्रमण भएको छ ।
ईटालीमा ८० हजार पाँच सय ८९ जनामा संक्रमण भेटिदा स्पेनमा ५८ हजार सात सय ८६ जनामा कोरोना भेटिईसकेको छ । जर्मनीमा ४३ हजार नौ सय भन्दा बढीमा संक्रमण छ । भने, ईरानमा २९ हजार चार सय र फ्रान्समा २९ हजार एक सय भन्दा बढीमा कोरोनाभाईरसको संक्रमण भेटिएको छ ।
शुक्रबार बिहानसम्ममा विश्वभर कुल ५ लाख ३२ हजार दुई सय ६३ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।