बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्

बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्
Spread the love

 

धनगढी, साउन १६ (ई-रैवार)

बाढीमा परी वेपत्ता भएका दुई  जना अझै भेटिएका छैनन् । बाढीमा बगेका कैलालीका तीन जनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ । बाँकी दुई जना अझै बेपत्ता रहेका छन्।

कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विक अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । वेपत्ता भएका दुई जनाको खोजी जारी छ।

प्रहरी नायव उपरिक्षक विष्टले भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको भने शव भेटिएको जानकारी दिएका छन । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।

बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० बर्षीय बलराम चौधरीको उद्धार गरिएको थियो। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।