आईपीएल : मुम्बईमाथि उत्कृष्ट जितसँगै चेन्नई शीर्षस्थानमा

Spread the love

काठमाडौँ, असोज ४ (ई-रैवार)

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३६ बनायो ।

मुम्बईका लागि सौरव तिवारीले ५० रनको अर्धशतकीय पारी खेले ४० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मुम्बईका लागि क्विन्टन डीककले १७ रन जोडे ।

बलिङतर्फ चेन्नईका लागि डुइन ब्राबोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दीपक चहारले दुई विकेट लिँदा जोस हेजलहुड र शार्दुल ढाकुरले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गाइक्वाडले ८८ रनको अर्धशतकीय पारी खेले । उनले नट आउट ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै रविन्द्र जडेजाले २३ रन बनाउँदा डोइन ब्राभोले २६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुई–दुई विकेट लिए ।

आजको खेलमा जित निकालेसँगै चेन्नईले ८ खेलबाट १२ अंक जोडेको छ । चेन्नई तालिकाको शीर्ष स्थानमा छ । पराजित मुम्बई ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक भएपनि नेट रनरेटका कारण दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ५ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै छैटौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।