सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो

सुदूरपश्चिम सरकारले कोरोना व्यवस्थापनमा साढे ११ करोड छुट्यायो
Spread the love

धनगढी चैत्र ११(ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि साढे ११ करोड बजेट छुट्याएको छ । मंगलवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय भिडियोमार्फत सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विश्वव्यापी महामारीकारुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम तथा व्यवस्थापनकालागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गरेको बताए । उनका अनुसार सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा आईसोलेसन कक्ष स्थापना तथा कोरोनाको जोखिमबाट बच्न अन्य स्थानमा आईसोलेसन कक्ष स्थापना गर्नकालागि उक्त बजेट छुट्याईएको हो । यस्तै बैठकले प्रदेश सरकारका मन्त्रीले प्रदेश कोरोना रहात कोषमा एक महिनाको तलब दिने निर्णय पनि गरेको छ ।
बैठकले संघीय सरकासँग समन्वय गरेर कोरोना भाइरस संक्रमणको संवेदनशीतालाई मध्यनजर गरी नेपाल सरकारद्वारा गरिएको लक डाउनको अवस्थामा भारतवाट धनगढी भन्सार नाकामा पुगेका नेपालीलाई चेकजाँच र परिक्षण गरी सम्बन्धित जिल्ला पठाउने निर्णयपनि गरेको छ । यस सम्बन्धमा संघीय सरकारसँग सम्वन्धित जिल्लामै चौध दिन क्वारेन्टाइनमा राख्ने गरी निर्णय गरिएको मन्त्री सुवेदीले बताए ।
यस्तै बैठकले विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यबस्थापनका लागि तत्काल प्रदेशमा रहेका ८८ वटै स्थानीय तहमा ससर्त ३ करोड वजेट पठाउने निर्णय गरेको छ । प्रदेशमा रहेको एक मात्र उपमहानगरपालिका धनगढीलाई ५ लाख, प्रत्येक नगरपालिकालाई चाररचार लाख, प्रत्येक गाउँपालिकालाई ३÷३ का दरले वजेट विनियोजन गरिएको हो ।
संवेदनशील यो घडीमा सरकारको निर्देशन नमान्ने कर्मचारी विशेष गरी स्वास्थ्यकर्मीलाई कानूनी कारवाही गरिने र आम जनसमुदायमा नआत्तिकन सजकता अपनाउन बैठकले आग्रह गरेको छ ।