आइसोलेसनमा छैन ‘पिपिई’ सेट

आइसोलेसनमा छैन ‘पिपिई’ सेट
Spread the love

बाजुरा चैत्र १३(ई-रैवार)
बाजुरामा कोभिड– १९ का संक्रमित राख्नका लागि स्थापना गरिएका आइसोलेसनमा खटिने स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) पोशाक नभएको पाइएको छ।
जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चार स्थानीय तहका सम्भावित संक्रमितहरुलाई राख्न स्थापना गरिएको कोल्टी प्राथामीक स्वास्थ्य केन्द्रमा पिपिई नभएको स्वास्थ्यकर्मीले बताएका छन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरण कुनैपनि नभएको बुढीनन्दा नगरपालिका सहायक निमित्त स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए।
‘जिल्ला स्वास्थ्य कार्यालयसँग माग गरेका छौ तर स्वास्थ्य कार्यालयले प्रदेश र संघमा माग गरेकोे भन्ने खबर छ’ उनले भने ‘पूर्वतयारीको सामग्री नै नभएपछि उपचारमा खटिने स्वास्थ्यकर्मीलाई समेत जोखिम छ।’