देशभर कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३ सय १७ पुग्यो

देशभर कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३ सय १७ पुग्यो
Spread the love

काठमाडौं, भदौ २५ (ई-रैवार) 

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ४ पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयले काठमाडौंमा ५५ वर्षीया महिला ५९ र ८३ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।

यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।