धनगढी,जेठ २० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा बिहिबार ३२८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ मा ६ वटा प्रयोगशालामा ७८२ नमुना पीसीआर र ४ वटा सीमानाकामा १ हजार ५ सय ५१ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४७१ जनाको नमूना परीक्षण गर्दा ५६ जना, महाकाली अस्पतालमा २१ नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७३ जनाको नमुना परीक्षण गर्दा २२ जना, बझाङमा ९३ जनाको नमुना परिक्षण्ढा गर्दा १८ जना, डोटी अस्पतालमा ५२ जनाको परिक्षाण गर्दा ३२ जना र अछामको कमलबजार प्रोगशालामा ७२ जनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २८ जनाले कोरोना जितेका छन । हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २८ हजार १२९ जनाले कोरोना जितेका छन् । हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३४ हजार ६३२ नमूना परीक्षण गर्दा ४० हजार ५७६ जनामा संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा बिहिबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । कैलालीका २, कञ्चनपुर र बझाङका १/१ जना रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय १६ पुगेको छ ।


