नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी

नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी
Spread the love

काठमाडौं, भदौ २५ (ई-रैवार) 

नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका ५ सय ७२ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ सय ९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।

यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । उनीहरुमध्ये ३ सय १७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ४४  जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख १०  हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ८ सय ६ जना क्‍वारेन्टिनमा रहेका छन् ।  देशभर २१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।