धनगढी, भदौ २५ (ई-रैवार)
सुदुरपश्चिम प्रदेशमा थप ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत रहेको बताएका छन । उनीले प्रहरीको दर्जा भने खुलाईएका छैनन् ।
यसअघि बुधवार गणमा कार्यरत ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ । आज धनगढीमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।


