नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ७ सय ३६ डिस्चार्ज

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ७ सय ३६ डिस्चार्ज
Spread the love

काठमाडौं, भदौ २२ (ई-रैवार) 

नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा ९ सय ७९ कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यससँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३ सय २६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३० हजार ६ सय ७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ७७ हजार ५ सय ६३ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६९ जना र होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७ सय ३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ७१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।