काठमाण्डौं असार १०(ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएका दलित समुदायका सांसद तथा अधिकारकर्मीलाई प्रहरीले लाठीचार्ज गरेको छ।
रुकुम हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै बुधबार ‘संयुक्त दलित सघर्ष समिति’को नेतृत्वमा दलित समुदायका सांसद तथा अधिकारकर्मीहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । उनीहरूलाई प्रहरीले लाठीचार्ज र धरपकड गरेको हो ।
प्रहरीको लाठीचार्जबाट नेपाली कांगे्रसका सांसद लक्ष्मी परियार, चिन्तामणि डोम, समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुनिता मल्लिक लगायत घाइते भएका छन्। सोही क्रममा प्रहरीले घाईतेसहित १५ जनालाई गिरफ्तार समेत गरेको छ ।
प्रधानमन्त्रीलाई भेट्न गएका दलितमाथि निर्ममतापूर्वक लाठीचार्ज र धरपकड


