काठमाडौं, भदौ २२ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषगरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयले काठमाडौंमा ३७, ९० र ८३ तथा कास्कीमा ६३ वर्षीया महिलाको मृत्यु भएको जनाएको छ ।
यस्तै मौरङमा ७६ वर्षीय, सिरहामा ८७ र ६२ वर्षीय, सर्लाहीमा ६५ वर्षीय, दोलखामा ६९ वर्षीय, मकवानपुरमा ३९ वर्षीय र बाँकेमा ५९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।


