धनगढी,भदौ २२ (ई-रैवार)
कैलालीमा नेपाली सेनाका ६३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा नेपाली सेनाका ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम पृतना स्रोतका अनुसार लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत नेपाली सेना रहेको बताएको छ ।
यस अघि शिक्षालयमा कार्यरत ४ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएपछि २ सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो ।
केही दिन अघि डोटीको राजपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा सोमबार भएको परिक्षणमा ६३ नेपाली सेना सहित ७४ जनामा संक्रमण पुष्टि भएको हो ।


