उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
Spread the love

 

काठमाडौँ,  १२ भदौ  (ई-रैवार)

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली काग्रेशको तर्फबाट सांसद समेत रहेका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

शुक्रबार (आज) गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको उनले बताएका छन् ।

आफूलाई कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाह अनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् ।

६५ वर्षीय चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।