काठमाडौँ, १२ भदौ (ई-रैवार)
इङ्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी–ट्वान्टी खेल आज (शुक्रबार) हुँदै छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०स्४५ बजे सुरु हुनेछ ।
तीन खेलको सिरिजअन्तर्गत दुई टोलीले पहिलो खेल खेल्न लागेका हुन् । आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । कोरोना भाइरसको महामारीबीच हुन लागेको खेलमा दर्शक भने हुने छैनन् ।
पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रनेछ भने इङ्ल्यान्ड इयान मोर्गनको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानले भर्खरै मात्र इङ्ल्यान्डसँग टेस्ट सिरिज गुमाएको थियो । टी(ट्वान्टी सिरिजमा भने पाकिस्तान बलियो बन्ने योजनामा छ ।
दुई टिमबीचको दोस्रो खेल अगस्त ३० र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।
एजेन्सी


