कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु

कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु
Spread the love

 

धरान, १२ भदौ  (ई-रैवार)

पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पछिल्लो पटक कोभिड अस्पतालमा उपचाररत मोरङको बेलबारी नगरपालिका ५ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनलाई कुनै दीर्घ रोग भएनभएको बारे जानकारीमा नआएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता सापकोटाका ती महिलालाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालबाट भदौ ९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

सोही दिन उनको पीसीआर रिपोर्ट पनि पोजिटभ देखिएको थियो । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको शव व्यवस्थापनका लागि पहल भइरहेको प्रवक्ता सापकोटाले बताए ।

यस अघि बिहीबार नै झापाका ८३ वर्षीय पुरुष र सिरहाका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यो सहित प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ । यसअघि झापाका ८३ वर्षीय पुरुष र सिरहाका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।