काठमाडौं, मंसिर ८ (ई–रैवार)
नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अवधीमा ३ हजार ४३ संक्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अवधीमा ३ हजार ४३ कोरोना संक्रमणमुक्त सँगै नेपालमा २ लाख २ हजार ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ छ ।
पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।


