एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार

एक तोला सुनको १ लाख १ हजार ४ सयमा कारोबार
Spread the love

 

 काठमाडौं, श्रावण २२ (ई-रैवार)

सुनको मुल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज तोलामा १६ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको मुल्य निरन्तर बढिरहेको छ ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको मुल्य महंगो भएको हो । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको मुल्य आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।