काठमाडौं, पुस ८ (ई-रैवार)
संसद् विघटनविरुद्धकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएकाे हाे ।
शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा साे मुद्दामा सुनुवाइकाे माग गरेका थिए ।
संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे ।


