सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए
Spread the love

 

धनगढी, साउन १६ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार पछिल्लो २४ घण्टामा २ सय  ७१ जनाको कोरोना परीक्षण गरिएकोमा १७ पुरुष र ९ महिला गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीका २३ जना, कञ्चनपुरका एक जना र बझाङका २ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का १ जना, वडा नम्वर ७ का ४ जना, वडा नम्वर ८ का १ जना, वडा नम्वर ११ का १ जना, वडा नम्वर १२ का ३ जना, वडा नम्वर १४ का ५ जना र वडा नम्वर १८ मा १ जना गरी ८ महिला र ८ पुरुष गरी १६ जना, टिकापुर नगरपालिकाका १ महिला, १८ महिने एक बालक सहित ६ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ।

आज २६ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ३७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका १ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका ७ सय ६७, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरमा ५ सय २६, डडेल्धुराका ३ सय ९ , बैतडीका २ सय ८५, बझाङका १ सय ८४ र दार्चुलाका २२ जनामा संक्रमण पुष्टि भएको हो ।