प्रतिनिधिसभाकाे आजकाे बैठक सकियो, अर्काे बैठक आइतबार बस्ने

Spread the love

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक फागनु ८ गते आइतबार दिनको १ बजे बस्ने सभामूख अग्नि सापकोटाले जानकारी गराएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा सो पेश हुन सकेन ।

शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। सभामुख सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

सभामुखको अनुमतिअनुसार मन्त्री बडुले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७र७८ पेश गरेका थिए। त्यसलगत्तै सभामुख सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका थिए।