प्रमुख निर्वाचन आयुक्तले भने- सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउन सक्छौँ

Spread the love

काठमाडौं : सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् । प्रमुख आयुक्त थपलियाले सरकारले घोषणा गरे ९० दिनमै निर्वाचन गराउनसक्ने बताएका हुन् ।

यसअघि माघको पहिलो हप्ता मिति घोषणा नगरे वैशाखमा चुनाव गराउन सम्भव नहुने बताएका प्रमुख आयुक्त थपलियाले अझै पनि मिति घोषणा गरे निर्वाचन गराउन सकिने बताएका हुन् ।

“सरकारले माघ १५ सम्म मिति घोषणा गरे पनि आयोगले स्थानीय तहको निर्वाचन गराउन सक्छ,” प्रमुख आयुक्त थपलियाले भने, “सरकारले मिति घोषणा गरेर आवश्यक सहयोग गरे ९० दिनभित्र चुनाव गराउन सम्भव हुन्छ ।”

सरकारले ऐन नै संशोधनको तयारी गर्‍यो नि रु भन्ने प्रश्नमा प्रमुख आयुक्त थपलियाले आयोगले संविधान र कानुनअनुसार काम गर्ने भन्दै ऐन संशोधन गरे आयोगले संशोधित ऐन अनुसार नै काम गर्नुपर्ने बताए ।

उनले निर्वाचन आयोगलाई मिति घोषणा गर्ने अधिकार नभएको भन्दै प्रस्ताव गर्ने अधिकार आयोगले प्रयोग गरिसकेको बताए । “मलाई औपचारिक जानकारी नभएकाले सरकारले के गर्छ भनेर म प्रतिक्रिया दिन्न,” थपलियाले भने, “यदि संशोधन नै गर्ने हो भने त्यो सरकारको कुरा भयो ।”