सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा आज १२४ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, वैशाख १९ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा आज थप १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७३ नमूना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको प्रयोगशालामा ३७३ नमूना परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइका हुन।

सूचना अधिकारी श्रेष्ठका अनुसार संक्रमित मध्ये धनगढी उपमहानगरपालिकाका मात्रै १०४ जना रहेका छन्। यस्तै धनगढी उपमहानगरपालिकाका बाहेक कैलालीका १४ जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सेती प्रादेशिक अस्पतालमा ६३ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जनालाई भेन्टिलेटर, १७ जनालाई आइसीयु राखिएको छ ।

हाल अस्पतालमा ३८ जनालाई अक्सिजन सपोर्टमा उपचाररत छन्। ५ जनाको अवस्था मध्यम रहेकाले साधारण बेडमा राखिएको जनाइएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जनाको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।