काठमाडौं, असार ३१ (ई–रैवार)
प्रतिनिधि सभामा एक सिट मात्रै भएको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकाअनुसार जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको हो ।
जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलकाअनुसार पार्टी सरकारमा नजाने तर सरकारलाई समर्थन गर्ने छ ।
गुण वा दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने उनको भनाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले सरकारमा सामेल हुन आग्रह गरेपनि जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको हो ।


