बझाङमा पहिरोले गाउँ नै बगायो, सातजना बेपत्ता, १७ घर बगे

Spread the love

बझाङ असार २० (ई-रैवार)

बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोले १६ घर बगाएको छ । सोही पहिरोमा परि सातजना बेपत्ता भएका छन् ।

अविरलबर्षापछी गएराती जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को मल्लेस बस्तीमा पहिरो गएको हो । जाँदा उनीहरु वेपत्ता भएका हुन्।  स्थानीय लोकेन्द्र बिकका अनुसार  पहिरामा परि सात जना वेपत्ता भएका छन्।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईएको जानकारी दिए। खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ।