काठमाडौं, कार्तिक १० (ई-रैवार)
नेपालमा आज थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६ पीसीआर परीक्षणमा १ हजार ६४ पुरुष र ६ सय ७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १५ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् ।
आजसम्म १३ लाख ९८ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर दुई हजार ९ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।


