धनगढी, असार १९ (ई–रैवार)
सेती प्रादेशिक अस्पतालमा शनिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन् । जसमध्ये २ जना भेन्टिलेटर, ३ जना आईसीयूमा र ७ जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेका छन् ।
सूचना अधिकारी श्रेष्ठले ४ जनाको अवस्था भने सामान्य रहेको बताए । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ३ जना बिरामी अस्पतामा भर्ना भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन् । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ की ७७ बर्षीय महिला रहेकी छन् ।


