एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

Spread the love

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । एकीकृत समाजवादीले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

आज बसेको पार्टी सचिवालयको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन ।

“संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ,” उनले भने ।

उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। अर्को सचिवालय बैठक भोलि बस्ने जानकारी दिइएको छ ।