डोटी, असार १९ (ई–रैवार)
स्वास्थ्य चौकी सात्फरीलाई बोगटान फुड्सिल गाउँपालिकाकै पहिलो पोषणमैत्री संस्था घोषणा गरिएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीमा रहेको स्वास्थ्य चौकीलाई पालिकाकै पहिलो पोषणमैत्री संस्था घोषणा गरिएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज धर्मबहादुर बमले बोगटान फुड्सिल गाउँपालिका वडा–४ लाई गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणाा गरिएको जानकारी दिएका छन् । गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक कार्यक्रमबीच पोषणमैत्री घोषणा गरेका हुन्।
इन्चार्ज बमका अनुसार स्वास्थ्य चौकीले वडाभरिमा रहेका दुई वर्षमुनिका बालबालिकामा कुपोषण नदेखिएको, गर्भवती महिलालाई २२५ आइरन चक्की खुवाइएको, स्वास्थ्य संस्थामा स्तनपान कक्षको स्थापना रहेको, स्वास्थ्य संस्थामा पोषण कर्नर लगायतका मापदण्ड पूरा गरेकाले पोषणमैत्री संस्था घोषणा गरिएको हो।

पछिल्लो समयमा बिभिन्न संघ संस्थाको सहयोगले गाउँपालिकामा भइरहेका गतिबिधिका कारण स्वास्थ्य क्षेत्रमा विकास भैरहेको हुदाँ नागरिकमा निकै सहयोग पुगेको अध्यक्ष गड्सिलाले बताए ।
सरकारले निकै प्रथमिकताका साथ लागु रहेको पोषणमैत्री संस्था घोषणा कार्यक्रम गाउपालिकाले कार्यन्वयन गरिरहेका छन् । पोषणमैत्री संस्था घोषणाका लागी सघिय सरकारले बजेट समेत निकासा गरेको छ । स्वास्थ्य कार्यालय डोटीलाई भने कुन पालिकामा कती पोषणमैत्री संस्था घोषणा भए कुनै जानकारी छैन ।
स्वास्थ्य कार्यालय डोटीका पोषण सम्पर्क व्यक्ती सूर्य बिष्टले कुन पालिकामा कति स्वास्थ्य संस्थाले पोषणमैत्री संस्था घोषणा गरे कुनै जानकारी नभएको बताए । पालिकाहरुले जानकारी दिनु पर्ने हो तर अहिले सम्म कसैले पनि पोषणमैत्री संस्था घोषणा गरेको आधिकारीक जानकारी नदिएको उनले बताए ।


