नेपालमा आज ३३८४ जनामा कोरोना संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

Spread the love

काठमाडौं, जेठ २९ (ई-रैवार) 

नेपालमा आज थप ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५०६ जनाको पीसीआर परीक्षण गर्दा ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनागरी ३३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले सम्म ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।