देशभर कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो

देशभर कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो
Spread the love

काठमाडौं, असोज २२ (ई-रैवार) 

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । कुल संक्रमितको शून्य दशमलव ६० प्रतिशतको मृत्यु भएको छ ।

बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।